रौतहट,११ चैत्र। रौतहट जिल्लाको बलुवामा रहेको एक बिधालयलाई शैक्षिक तथा भौतिक समाग्री हस्तान्तरण गरिएका छन ।
जिल्लाको पुर्वी भेगमा पर्ने गढिमाई नगरपालिकाको वार्ड नं.५ मा अवस्थित श्री ओम प्राथमिक बिधालयमा एक कार्यक्रमको आयोजना गरि लायन्स क्लव अफ काठमाडौँ आगमनका अध्यक्ष पुनम थापा लुईटेलले बिधालयका प्राधानाध्यापक उमेश प्रसाद पटेललाई शैक्षिक तथा भौतिक समाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
लायन्स क्लव अफ काठमाडौँ आगमनको लियो धर्मेन यादबको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गढिमाई नगरपालिकाको नगर उप–प्रमुख अस्मिता यादब रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि तथा जग्गा दाता प्रभु नरायण यादब रहनु भएको थियो ।
हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि रहनु भएका उप–प्रमुख अस्मिता यादबले सम्बोधन गर्दै भने कि बिधालय जस्तो पबित्र ठाउँ कुनै पनि होईन ।बिधालयमा दिएका शिक्षाले नै अन्धकारमा घेरिएका मानिसलाई उज्यालोमा ल्याउने गर्दछन भन्नु भयो ।वहाँले भने यस पालिकामा निर्वाचित भएदेखि पहिलो पल्टको निमन्त्रणमा आउँदा यो बिधालयको अवस्था निकै नै जटिल र गम्भिर रहेको बताउनु भयो ।
यस बिधालयका बिधार्थीहरु यो चिसो भुईमा बोरा ओछयाएर पढन बाध्य भएका छन ।
यस्ता अवस्था देखेर निकै नै दुख लागेको पनि बताउनु भयो ।तर यस्ता अवस्थामा काठमाडौँबाट आएका लायन्स क्लव अफ काठमाडौँ आगमनले आज यो बिधालयलाई २० थान डेस्कबेन्च,८ थान कुर्सि ,१ थन स्टिल दराज लगायत टेबल सहयोग गरेको कुरा अविस्मरणिय र सराहनिय रहेको बताउदैँ यस क्लवको अध्यक्ष र यहाँसम्म ल्याउन सहयोग गरेको सहयोगीहरुलाई धेरै–धेरै धन्यबाद ज्ञापन गरेका थिए ।तथा सकेसम्म आफुसंग हुने कुराले बिधालयलाई सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यसतै बिधालयका जग्गा दाता प्रभु नरायण यादबले भने म यस गाउँका बालबालिकाहरु चारैतिर भौतारिरहेका हुँदा पठनपाठन गर्नको लागी यस बिधालयलाई मैले जग्गा दान गरेर बिधालयलाई स्थापना गराए तर यो बिधालय मेरो निजि नभएर यो बिधालय सबैको साझा हो बताएका थिए । तर यस गाउँका केहि मानिसहरुले यो बिधालय मेरो रहेको बताउदैँ आईरहेको गुनासो समेत गरेका थिए ।वहाँले भने यो बिधालय सबैको साझा रहेको हो यसलाई सबैले मिली अगाडी बढाउन आग्रह समेत गरेका थिए ।
त्यसतै बिधालयका प्र।अ उमेश पटेलले भने स्थापना भएको विद्यालयमा भवनको नाममा एउटा जस्तापाताले छाएको भवन रहेको हो । विद्यालयमा कक्षा कोठा , डेक्स ,ब्रेन्च ,व्ल्याक बोर्ड लगायतका केही सामाग्री नरहेको दुखेसो पोखेका थिए ।अरु त परोको कुरा हो विद्यालयमा अफिस कोठाको नाममा केहि प्लाष्टीकको कुर्सि मात्र रहेको सो विद्यालयका प्र.अ पटेलले बताए ।
सरकारले शिक्षाको नाममा बर्षी ठुलो रकम खर्च गर्ने गरेको भएपनि सो विद्यालयमा अध्यानरत विद्यार्थीहरुले पाँच कक्षा पास गर्ने बेला सम्म डेक्स र ब्रेन्चको मुख समेत देख्न पाँउने गरेका छैनन् ।तर पालिकामा बारबार हारगुहार गर्दा पनि केहि सुनबाई नगरेको दुखेसो पोखेका थिए ।
तर शनिबार यस लायन्स क्लव अफ काठामाडौँ आगमनको सहयोगले बिधालयलाई धेरै ठुलो टेवा पुगेको बताउनु भयो ।सोहि कार्यक्रममा दिपेन्द्र साह उर्फ दिपु ,तपिन्द्र यादब,शिक्षक संयोजक राजेश साह ,लालबाबु पटेल लगायतका मानिसहरु मन्तब्य राख्नु भएका थिए ।
रोशन कुमार साह , धिरु यादब,युबक राई ,प्रदिप गरुङ्गको सहयोगमा यो क्लवलाई यहाँ ल्याएको बताउनु भयो ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष जादोलाल महरा ,गा.बि.स पुर्ववडाअध्यक्ष सिताराम साह ,लायन्स क्लव अफ काठमाडौँ आगमनको डिपार्टमेन्ट चिफ लियो रिता खनाल ,ला गंगा दाहाल ,ला सकुन्तला गिरि ,एमाले नगर कमिटिको सदस्य नबिन यादब,पत्रकार लगायत स्थानिय भद्रभलादमि मानिसहरुको सहभागिता रहेको थियो ।