रमेश कुमार यादब
रौतहट,१२ चैत्र। रौतहट जिल्लाको समनपुरमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन रोगको रोकथाम नियन्त्रण,निदान र उपचार सम्बन्धि जनचेतना मुलक तथा नगर स्तरीय छलफल एवम अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
जिल्लाको पुर्विभेगमा पर्ने गढिमाई नगरपालिकाको सभाहलमा दलित बिकास समितिको आयोजनामक कार्यक्रम समपन भएको छ ।कार्यक्रमको प्रमुख अतिथी गढिमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादब रहनु भएको थियो भने बिशिस्ट अतिथि दलित बिकास समितिको संयोजक नरेन्द्र पासवान र राहुल कुमार पासवान रहनु भएको थियो ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन रोगको रोकथाम नियन्त्रण,निदान र उपचार सम्बन्धि जनचेतना मुलक कार्यक्रमको बारेमा डा.रामानन्द पंडितले कार्यक्रमको बारेमा प्रशिक्षण दिनु भएको थियो ।डा.पंडितले भनेकि “धूम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त बिधालय र हाम्रो समाज“ भन्ने मुल नाराको साथ यस कार्यक्रमलाई अगाडी बढाउनु आवश्यक रहेको बताउनु भयो ।वहाले भन्नू भयो कि धूम्रपान गर्नाले बिभिन्न किसिमका समस्याहरु आउने गर्दछ ।
जसले गर्दा सुर्तीजन्य र धुम्रपान गर्नाले कतिपय मानिसहरुको अकालमै मृत्यु भएको कुरा सर्बबितै छ ।वहाँले भने कि धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनको कारणले मानव शरिरको बिभिन्न भागहरुमा असर पुरयाउने गर्दछ ।डा.पंडितले भने कि नेपालमा बर्षेनी ७ हजारलाई क्षयरोगी र २७ हजारलाई क्यान्सर रोगी बनाउने सुर्ति र धुम्रपान कै कारण एक बर्षमा २७ हजार नेपालीको मृत्यु हुने गरेको बताउनु भयो ।
डेमोग्राफिक हेल्थ सर्भेको अनुसार ३५.५% पुरुष र १५.५ प्रतिशत महिलाहरु सुर्तिजन्य पदार्थको सेवन गर्न गरेको पाईएको बताउनु भयो ।धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट हुने असरहरु जस्तै मुख घाँटीको क्यानसर ,फोक्सोको क्यानसर ,स्तनको क्यानसर,छालाचाउरी पर्ने,दाँत बिग्रने,दम बढने खोकी हुने ,मुटु सम्बन्धी रोगहरु लाग्ने ,पेट र आन्द्रामा अल्सर हुने तथा रक्तचाप जस्ता रोगहरु लाग्ने गरेको बताउनु भयो ।त्यस कारण यस्ता सेवनलाई आजै र अहिलेबाट त्यागेर स्वस्थ्य हौउ भनि आग्रह समेत गरेका थिए ।
साथ साथै डा.पंडितले धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्दा हुने फाईदाहरुको बारेमा बताउनु भएको थियो ।सुर्ति छोडदा हृदयघात,मुटुरोग,क्यानसर,नपुंसक,हुने जस्ता स्वास्थ्य समस्या कम हुने तथा रक्तचाप र शरिरको तापक्रम समान्य आवस्थामा आउने,रगतमा निकोटिनको मात्रा ०.५% मा आउने र श्वासप्रश्वासमा सुधार आउने ,छाला चाउरीने समस्याबाट मुतिm तथा दाँत र औँला पहेंलो नहुने ,स्वास्थ्य बच्चाको जन्म हुने र पैसा कम खर्च हुने र पारिवारिक सन्तुष्टि प्राप्त हुने जस्ता कुराहरु लगायत अनेकौँ फाईदा हुने कुराहरु बताउनु भयो ।
त्यसतै कार्यक्रमको सम्बोधन गर्दै गर्दै प्रमुख अतिथि तथा गढिमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादबले भने धुम्रपान तथा मदपान जस्ता खराख कुलतमा हाम्रो समाजको अधिकाश बालबालिका समेत फसेका छन । जस्तै पान पराग ,गुटका ,राजनिवास ,गाजा लगायत अन्य नशालु पदार्थहरुको कुलतमा बिधालयका युवाहरु समेत फसेका छन ।
जसले गर्दा देशको भविष्य तथा कर्नधार भनिने बच्चाले यस्ता कुलतमा लाग्दा देशको के बिकास हुने जहाँसम्म देश नै तहसनहसमा जाने बताउनु भयो ।यस्ता कार्यमा सम्लगन हुनु बच्चाको अभिभावकको पनि कमीकमजोरी रहेको पनि दुखेसो पोखेका थिए ।
सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार बिधालय १०० मिटर वरिपरि सम्म सुर्ति सेवन र बिक्रि बितरण गर्न नदिने प्रावधान हुँदाहुदै पनि बेवस्था गरेर बिक्रि बितरण गरिरहेको हुदा यसलाई तत्काल बन्द गर्न अभिभावक तथा सम्बन्धि निकायको ध्यान जाओस भनि आग्रह समेत गरेका थिए ।
सोहि कार्यक्रममा उपस्थित भएका सोहि नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तेज नरायण यादबले भने गाउँका मानिसहरुको साथसाथै यहाँ सहभागि भएका अधिकाश मानिसहरु धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको छ ।यसबाट हुने असरको कारणले गर्दा आजैदेखि छोडने भनि सहभागिहरुलाई बाचा समेत गरेका थिए ।
समाजिक बिकास शाखा प्रमुख हरेन्द्र साहको अध्यक्षतामा गरिएको कार्यक्रमको संन्चालन राजेश पासवानले गर्नु भएको थियो ।कार्यक्रममा गढिमाई नगरपालिकाको जिन्सि शाखा प्रमुख राधेश्याम यादब लगायत बिभिन्न वार्डका स्वास्थ्य शाखा प्रमुखहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।