कुमार चन्दन, रौतहट
चैत १२ गते ।
राष्ट्रिय बाणिज्य बैंक शाखा गरुडा बाजारले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । गरुडा नगरपालिका ८ जिंगडियामा रहेको नेपाल पुलिस स्कूलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ ।
सेवाग्राही सर्वसाधारणलाई अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले एक कार्यक्रमको बीच नेपाल पुलिस स्कुललाई आठ थान सिसीटिभी क्यामरा हस्तान्तरण गरेका छन ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय बाणिज्य बैंक शाखा गरुडाका शाखा प्रबन्धक अरबिन्द कुमार झाले नेपाल पुलिस स्कुलकी प्राचार्य विना झालाई आठ थान सिसिटिभी क्यामरा हस्तान्तरण गरेका छन ।
सुरक्षालाई मध्यनजर गर्दै विद्यालयलाई सिसिटिभी क्यामरा उपलब्ध गराएको शाखा प्रवन्धक झाले बताउनुभएको छ । प्राचार्य बिना झाले सिसिटिभी क्यामराले विद्यालय तथा अध्ययनरत बालबालिकाको सुरक्षामा सहयोग पुग्ने बताए ।
यसैगरी ग्लोबल मनी वीक २०२३ को अवसर पारेर वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बैंकिङ्ग कारोबार, डिजिटल कारोबारको बारेमा जानकारी गराउनुको साथै बैंकको उद्देश्य, बैंकको संरचना, बैंकबाट प्रदान गरिने सेवा सहित निक्षेपको प्रकार, मोबाइल बैंकिङ्ग, एटीएम, आई.पि.एस, विद्यार्थी सुपर सेविंगस् खाता लगायत बैंकिङ्ग कारोबार गर्दा अपनाउनु पर्ने सतर्कता र जोखिमको बारेमा सहभागीलाई शाखा प्रवन्धक अरबिन्द कुमार झाले जानकारी गराउनुभयो।
उक्त कार्यक्रममा विद्यालयका प्रहरी निरीक्षक लोकेन्द्र जि.सी, बैंकको क्रेडिट इन्चार्ज रबिन्द्र पटेल, प्रशासन सहायक बिट्टू गुप्ता, नेल्जा तामाङ्ग, विद्यालयका शिक्षक लगायत कक्षा दशको सम्पूर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।