सागर संगम ठाकुर रौतहट । चैत १२ गते
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स वितरण गरिएको छ ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ९ मा रहेको श्री जय किसान नमुना माबि धरहरीमा कक्षा ९ का ३ सय ४७ जना बिधार्थीहरुलाई बैग र ज्योमेट्री बक्स वितरण गरिएको छ ।
आईतबार एक कार्यक्रमका बिच वडा अध्यक्ष बिर बहादुर साहको अध्यक्षतामा प्रमुख अतिथि देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बैग तथा ज्योमेट्री बक्स वितरण गरेका छन् ।
मधेश प्रदेशबाट उपलब्ध गराइएको सो सामाग्री वितरण गरिएको बिधालयका प्रअ संजय प्रसाद गुप्ताले जानकारी दिनु भयो ।
वितरण कार्यक्रममा बिधालयका सम्पुर्ण शिक्षक,शिक्षिका बिधार्थी लगायत केही अभिभावकहरुको बिषेश उपस्थित रहेको थियो ।