चैत १३।रौतहट।
राजपुर/रौतहटको राजपुर नगरपालिकामा धुम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम नियन्त्रण,निदान र उपचार सम्बन्धि जनचेतना मुलक नगर स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ।
दलित समुदायिक विकास केन्द्र राजपुर न.पा.-५ रौतहटको आयोजना तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोषको सचिवालय रामशाह पथ काठमाडौंको सहयोगमा राजपुर नगरपालिकाको सभाहलमा सो कार्यक्रम भएको हो।
कार्यक्रमको बारेमा जानकारी तथा प्रशिक्षण दिदै प्रशिक्षक
डा.रामानन्द पंडितले सूर्तिजन्य पदार्थ सेवनको अवस्था बारे प्रशिक्षण दिनु भएको थियो । साथै वहाँले धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम,नियन्त्रण,निदान र उपचार सम्बन्धि कार्यक्रम बताउनु भएको थियो । कार्यक्रममा प्रतस्तुती माथि सामूहिक रुपमा छलफल गरिएको थियो । अतिथहिरुको यस बारे प्रतिबद्धता सहितको धारणा बुझिएको थियो ।
सो कार्यक्रममा नेपालमा ३१.७ प्रतिशत जनसंख्या सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक रहेको जानकारी गराइएको छ। साथै २८.१ प्रतिशत जनसंख्या मधेस प्रदेशमा धुम्रपान गर्न गरेको तथ्यांक रहेको उल्लेख गरिएको हो ।
उक्त कार्यक्रमको अध्यक्ष्ता दलित सामुदायिक विकास केन्द्र राजपुर नपा-५ का अध्यक्ष उदय नरायण रामले गर्नुभएको थियो ।भने कार्यक्रमको प्रमुख अथितिको रुपमा राजपुर नगरपालिकाकि नगर उपप्रमुख जमिला असगरी,मधेशदलित गैर सरकारी संस्थाका राष्ट्रिय अध्यक्ष तथा दलित सामसदायि विकास केन्द्रका सल्लाहकार नरेन्द्र पासवान रहेका थिए।
त्यसैगरी अथितिहरुमा राजपुर नगरपालिका प्रशनशन प्रमुख खुर्सिद आलम,स्वस्थ्य शाखा प्रमुख खुर्शैद आलम,वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु र वडा नम्बर १ देखि ९ सम्मका स्वास्थ्य चौकी प्रमुखहरुको साथै हरेक शाखाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन दलित सामुदायिक विकाश केन्द्रका सचिव अवध नरायण रामले सञ्चालन गर्नु भएको थियो ।