बर्तमानकाल सम्वाददाता
बाराको कलैयामा गत सोमबार गोली हानी हत्या गरिएका रुपेश सर्राफका परिवारजनले प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गरेको आरोप लगाएका छन् ।बुधबार कलैयामा प्रहरीले हत्यामा संलग्न मध्येका पाँच जनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेलगत्तै मृतक रुपेशका दुई दाजुले पत्रकारहरुसंग कुरा गर्दै प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका हुन् ।
प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले पाँच अभियुक्तलाई सार्वजनिक गर्दै युवतीसंगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको जानकारी गराएका थिए ।
तर पत्रकारहरुसंगको कुराकानीमा मृतक रुपेशका दाजु सुबोध सर्राफले युवतीसंगको प्रेम सम्बन्धका कारण भाई रुपेशको हत्या भएको भन्ने प्रहरीको दाबी झुठो रहेको जिकिर गरे । उनले पक्राउ परेकी राधा गुप्तासंग आफनो भाई रुपेशको कुनै प्रेम सम्बन्ध नरहेको दाबीपनि गरे ।प्रहरीले भनेजस्तो रुपेशको चरित्र नभएको उनले बताए ।
सुबोधले भने,‘ प्रहरीको अनुसन्धान प्रति हामीलाई चित्त नै बुझेको छैन । मेरो भाई ९मृतक रुपेश० को चरित्र बारे औंला उठाउने कुनै ठाँउ नै छैन । प्रहरीले अनुसन्धानमा झारा टार्न मृतक रुपेश र आफनो परिवारको चरित्र हत्या गरेको गुनासो उनले गरे । रुपेशलाई गोली हान्ने अपराधी चार जना मध्ये अहिलेसम्म एक जनालाइ पनि पक्राउ गर्न नसकेको प्रहरीले आफनो कमजोरी ढाकछोप गर्ने प्रयास गरिरहेको सुबोधले बताए ।
बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक समेत रहेका सुबोधले प्रहरीले पक्राउ गरेका मध्ये दुई जना युवक निर्दोष रहेको र प्रहरीले झुठो आरोपमा फसाएकोपनि बताए । उनले भने,‘ मेरो स्कुलका दुई जना स्टाफ निर्दोष छन् । उनिहरुलाई यातना दिएर लिएको बयान गलत छ ।
हत्याको मुख्य योजनाकार भनेर प्रहरीले सार्वजनिक गरेको कलैया ६ की २२ वर्षिया राधा गुप्ता आफनो स्कुलमा ७ महिनापहिले लेखापालमा कार्यरत रहदाँ उनको गलत गतितविधी देखिएपछि स्कुलबाट निकालिदिएको सुबोधले बताए । त्यसयता रुपेशसंगको उनको कुनै सम्बन्ध नै नरहेको दाबी उनले गरे ।
पक्राउ परेका निर्दोष आफना दुई कर्मचारीलाई रिहा नगरे र गोली हान्ने अपराधीलाई पक्राउ नगरिए आफुहरु प्रहरीविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनीपनि उनले दिए ।
उनले भने,‘ मेरो मृतक भाईलाई केटीसंगको नाम जोडेर बदनाम नगरियोस्, घटनाको सत्यतथ्य छानबिन गरि वास्तविक अपराधीलाई पक्राउ गरियोस् । प्रहरी हिरासतमा राखिएका आफनो स्कुलका दुई कर्मचारीलाई तत्काल रिहा गरियोस् । हाम्रो माग यहि छ।’
यसअघि बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुरेश काफलेले रुपेशको हत्या राधा गुप्तासंगको प्रेम सम्बन्धका कारण भएको भन्दै हत्यामा संलग्न राधासहित पाँच जनालाई सार्वजनिक गरेका थिए ।
कलैया ६ मदर्शा टोलस्थित बाल एकता इंग्लीश बोर्डिङ स्कुलका प्रधानाध्यापक ३६ वर्षिय रुपेशको गत सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा सवार भइ आएका चार जना बन्दुकधारीले चार राउन्ड गोली हानी हत्या गरेका थिए ।