रमेश कुमार यादब
पुस २०,रौतहट
जनकपुरधामबाट भारतको अयोध्याका लागि निस्किएको भार(उपहार) यात्रालाई गरुडामा भब्य स्वागत गरिएको थियो । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम देखि अयोध्याधामका यात्रामा निस्किएको भार यात्रालाई रौतहट जिल्लाको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल सहित यहाँका सयौं श्रादालुभक्तजनहरु फुलमाला तथा दर्जनौं भार सहित गरुडामा स्वागत गरिएको थियो ।
हिन्दुपरम्परा अनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने चलन रहदैं आएको सर्वबित्तिदैं छ ।
सोही परम्पराअनुसार राममन्दिर उद्घघाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट बिहिबार बिहानै एक हजार एक सय भार लिएर आयोध्या तर्फ निस्किएको श्रोतले जानकारी दिएको छ । त्यसतै गरुडाका श्रादालु भक्तजनहरुले श्रादापुर्वक भारमा विभिन्न प्रकारका भाँडा, कपडा, फलफुल साथै मीठाइ लगायतका भार बाँसबाट बनाइएका विशेष चङ्गेरीमा सजाएर पठाएका छन् ।
यस कार्यले नेपाल(भारतबीच त्रेतायुगदेखि चलिआएको वैवाहिक सांस्कृतिक सम्बन्धको महत्व दर्शाउनुका साथै त्यसलाई थप बलियो बनाउन भूमिका खेल्ने विश्वास गरिएले सोहि अनुरुपमा हाम्रो पालिकाको श्री राम प्रति आस्था राख्ने श्रादालु नगरबासिहरुले स्वागत सहित भार पठाएको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले बताएका थिए ।
नगर प्रमुख जैसवालले यस कार्यले नेपाल भारतबीच सदियौँदेखि कायम सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालमा पर्यटन प्रवर्द्धनका लागि विश्वभर सन्देश प्रवाह हुनेमा विश्वास व्यक्त गरेका थिए ।
राममन्दिरको प्राण प्रतिष्ठा (उद्घघााटन) लाई नयाँ गृह प्रवेशका रूपमा लिई ‘घरबास भार’ लिएर जनकपुरधामबाट करिब तीन सय जनाको टोली त्यहाँ प्रस्थान गरेको सह महन्थ राम रोसन दासको भनाइ छ । यात्रा जनकपुरधामबाट जलेश्वरनाथ, मलङ्गवा, गरुडा, शिवनगर, मौलापुर, सिम्रौनगढ, गढीमाई, वीरगञ्ज हुँदै भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर गोरखपुरसम्म विभिन्न धार्मिकस्थलको दर्शन गर्दै अयोध्या पुग्ने र पुस २१ गते अयोध्यामा श्रीराम जन्मभूमि राममन्दिर टूष्टलाई भार हस्तान्तरण गरिने बताईएको छ ।
भार अर्थात उपहार यात्रामा गरुडाका बुद्धजिवि, प्रतिष्ठित ब्यापारीवर्ग, सुरक्षाकर्मि, बिभिन्न राजनेतिकबर्ग, बिभिन्न संघ संस्थाका युवाहरु, पत्रकार लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।