बरहथवामा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष २०, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
बरहथवामा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु

सर्लाही,२० पुस । सर्लाहीको बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पना कटुवालको घरलाई उग्र प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार गर्दा स्थानीय एक जनाको टाउकोमा गोली लागेर मृत्यु भएको छ ।

मेयर कटुवालको घरलाई लक्ष्ति गरेका प्रदर्शनकारीलाई धपाउन प्रहरीले गोली चलाउदा बजार तर्फ आउदै गरेका बरहथवा नगरपालिका ६ का २७ बर्षिय जयशंकर साहलाई नेपाल विद्युत प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीयहरुले बताएका हुन् । अर्का एकजनालाई खुटामा गोली लागेर गम्भीर घाईत भएको छ ।

अस्पतालको विषयलाई लिएर केही दिन देखि द्धन्द चल्दै आएको अवस्थामा शुक्रवार दिउसो प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु उग्र बन्दै मेयर कटुवालको बरहथवा स्थित घरमा तोडफोड गर्दै घरबाहिर राखिएका गाडीमा आगजनी गरेको स्थानीयले जानकारी दिएका हुन् । तर प्रहरीबाट आधिकारीक रुपमा पुष्टि हुन बाँकी रहेको छ ।

बरहथवा अहिले निकै तनावग्रस्त बनेका छन् । प्रहरी र प्रदशनकारीहरु विच ठाँउठाउँमा झड्प भईरहेको हुँदा तत्कालै जिल्ला प्रशासन कार्यालय सर्लाहीले संयमता नअपनाए ठूलो घटना हुनेछ । समयमै प्रहरी प्रशासनको ध्यान बरहथवा तर्फ जानुपर्ने तथा राजनीतिक दलहरु पनि संयमित हुनुपर्ने स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस