१ करोड भन्दा बढीको सामानसहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ ११, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
१ करोड भन्दा बढीको सामानसहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

माघ,११ वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिलविजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयरका सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकबाट चेकजाँचको क्रममा प्रहरीले ना.६ख ८३०५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । 

राजस्व छली वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ट्रकलाई चेकजाँच गर्दा विल शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । 

ट्रकबाट प्रहरीले अनुमानित १ करोड १३ लाख १८ हजार ८९० रुपैयाँ बराबरको सामग्री बरामद गरिएको छ । बरामद सामग्रीलाई ट्रकसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले बताए । 

ताजा अपडेट

खोजी गर्नुहोस