पवन कुमार उपाध्याय
माघ १७, रौतहट। आसमान नेपाल परियोजनाद्धारा संचालित जेम्स प्रोजेक्ट अन्तर्गत एक दिने कार्यक्रम रौतहटमा सम्पन भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका स्थित रहे्को आरोहि होटेलमा सोमबार आसमान नेपालको बिभिन्न पदाअधिकारीहरु लगायत विभिन्न प्रतिष्ठित ब्यतिmहरुको सहभागितामा कार्यक्रम सम्पन भएको थियो ।
यो आसमान नेपाल एउटा अस्टे्लियन संस्था हो । जसले रौतहट जिल्लाको बिभिन्न ठाउँमा आ(आफ्नो कार्य कामको पहुँचले मदत पुरयाउदैं आईरहेको छ । आसमान नेपालको प्रबन्धक डा.बिरेन्द्र सिंहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्ला संयोजक संजय यादब, सहयोगी रौशन साह रहेको थियो भने संजय यादबले प्रशिक्षन दिनु भएको थियो ।प्रशिक्षक यादबले भने हाम्रो आसमा नेपाल जिल्लाको बिभिन्न क्षेत्रको बिभिन्न संघ संस्थामा सहयोग गर्दै आईरहेको बताउनु भएको थियो ।
वहाँले भने बिशेष गरेर हाम्रो संस्था आसमा नेपालले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई प्राथमिकता राखेर काम गर्दै आईरहेको बताउनु भएको थियो ।वहाँले भने चार वर्ण छत्तीस जातिको साझा फूलबारीको रुपमा परिचित नेपालको आसमान (आकाश)का साँच्चिकै आसमान नेपालले सामाजिक एकताको माला बुन्न योगदान दिएको देखिन्छ ।वास्तवमा शिक्षा र वालश्रमको क्षेत्रमा विभिन्न परियोजना मार्फत् वालवालिकालाई विद्यालयसम्म पु¥याउने, विभिन्न शैक्षिक गतिविधिसहित अध्यापन गर्ने उद्देश्यरहे पनि यस संस्थाको कामका कारण अप्रत्यक्ष रुपमा सामाजिक, जातीय, धार्मिक र भाषिक एकतामा बल पुगेको छ ।
त्यति मात्र नभएर यस संस्थाले स्थानिय स्तर योजना प्रक्रिया र नेपाल स्वास्थ्य क्षेत्रमा समेत सहयोग गरेको बताईएको थियो । स्थानीय स्तर योजना प्रक्रिया र नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग कार्यक्रमको स्थानीयकरण सम्बन्धी युवा ऋक्इ क्षमता निर्माण सम्बन्धी जानकारी गराएका थिए । प्रशिक्षक यादबले भने नेपालमा आएनजिओ लगायतका संघ संस्था ६० हजार रहेको तथ्याङ एचडब्लयुसिले पुष्टि गरेको बताउनु भएको थियो ।
साथै पालिका स्तरका हुनु पर्ने कार्य बिभाजन लगायत बजेट बिनियोजन समेतसम्ममा सहयोग गर्ने संस्था रहेको जानकारी दिनु भएको थियो ।उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढि रौतहट र बाराबाट आएका महिला र पुरुषहरुको सहभागितरहेको थियो ।