सर्लाही, ०३ माघ। सर्लाहीको धनकौलमा ट्याक्टरको ठक्करबाट दश बर्षिया बालिकाको मृत्यु भएको छ। जिल्लाको धनकौल गाउँपालिका – ५, हरकठवागोठमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार गएसाँझ ना ४ त ७०३१ नम्बरको ट्याक्टरले बाटोमा हिँडीरहेकी स्थानीय उमेश महतोकी छोरी १० वर्षीया गौरी कुमारी महतोलाई ठक्कर दिएको हो।
ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएकी उनलाई उपचारका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएकामा डाक्टरले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।


