जुवा खेलिरहेको अवस्थामा चार पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ ३, शनिबार (३ महिना अघि)
  • ३४ पटक पढिएको
जुवा खेलिरहेको अवस्थामा चार पक्राउ

काठमाडौं, ०३ माघ। जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीहरू बरामद गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ९ का जय किशोर साह, भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ३ का हेमन्त राई, मोरङको कटहरी गाउँपालिका वडा नं. ५ का सोनलाल राजवंशी र मोरङकै सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ का इन्द्र आचार्य रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ। प्रहरीले समाजमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध रहेको बताएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस