काठमाडौं, ०६ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ बाट नउठ्ने भएका छन् ।
उनको स्थानमा राप्रपाका महानगर अध्यक्ष दिपक थापालाई राप्रपाले उम्मेदवार बनाउने भएको छ ।
चितवन– ३ बाट लगातार जस्तो उम्मेदवार बन्दै आएका पाण्डे यही क्षेत्रका निवर्तमान सांसद हुन् ।
पाण्डेले चितवन– ३ लाई आफ्नो आधार क्षेत्र बनाउँदै आएका थिए । यसपटक सो क्षेत्रमा नेकपाबाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, एमालेबाट शंकर थपलिया लगायतका उम्मेदवार छन् ।


