भक्तपुरमा टिपर–स्कुटर ठोक्किँदा चालकको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १५, बिहिबार (३ हप्ता अघि)
  • ८ पटक पढिएको
भक्तपुरमा टिपर–स्कुटर ठोक्किँदा चालकको निधन

काठमाडौं, १५ माघ। भक्तपुरको भक्तपुर नगरपालिका–१० स्थित कमलविनायकमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बुधवार राति कमलविनायक बाट च्याम्हासिंह तर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०२० प ११६८ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको हो ।

उपचारको क्रममा स्कुटर चालक भक्तपुर नगरपालिका–८ बस्ने २६ वर्षीय विमल बनमालाको मृत्यु भएको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।

घटनास्थलमा शुरुमा बा.५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेको थियो । सो मोटरसाइकलमा त्यही दिशाबाट आएको स्कुटर ठोक्किँदा टिपररले ठक्कर दिएको अनुसन्धानबाट थाहा भएको छ । मोटरसाइकल चालक भक्तपुर घर भएका २४ वर्षीय राजेश बनमालाको भक्तपुर अस्पताल, दुधपाटीमा उपचार हुँदै छ । तीन वटै सवारी साधन प्रहरी वृत्त जगातेमा राखिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस