कञ्चनपुरको खोलामा युवतीको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १८, आईतबार (३ हप्ता अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १८ माघ। कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ ।

भीमदत्त नगरपालिका-१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मुचुल्का गरी शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।

शव सडेको अवस्थामा भएकोले पहिचान गर्न समस्या भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस