सर्लाही, २१ माघ। सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको लु३च ५४७२ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिएका छन् । दुर्घटनामा परी बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।
कारका चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका हुन् । घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार उपचार भइरहेको छ ।


