धनुषा, २४ माघ। धनुषाको देउरी परवाहाबाट पौडेश्वर जाने बाटोमा एक महिलाको शव फेला परेको छ ।
शुक्रबार बिहान सडकछेउमा महिलाको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर शव नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेश बहादुर बमका अनुसार शव बिहानै नियन्त्रणमा लिएपछि हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरीले शव नियन्त्रणमा लिए लगतै पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइसकेको छ भने मृतकको पहिचानका लागि सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।
मृतक महिलालाई चिन्ने वा यसबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्क गर्न डिएसपी बमले अनुरोध गरेको छ ।


