मोरङ,२७ माघ। पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।
उनीहरूको साथबाट ‘मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, भरुवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान र ‘बीएओएफईएनजी’ लेखिएको हेन्डसेड २ थान बरामद भएको इलाका प्रहरी कार्यालय बेलबारी मोरङले जनाएको छ ।
प्रहरीका अनुसार, सिलास लिम्बुको घरमा हातहतियार लुकाइराखेको सूचनाको आधारमा प्रहरी टोली उनको घरमा पुगेको थियो। लिम्बुले ती हतियार गुरुङबाट लिएको बताएपछि उनलाई समेत पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बेलघारीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।


