दार्चुला,२७ माघ। जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । मंगलबार बिहान दार्चुलाको बंगाबर क्षेत्रमा उनको शव भेटिएको हो ।
एक बियरबार रहेको घरको पछाडिपट्टि घर्तीको शव फेला परेको दार्चुला प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको आशंका गरिएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । उनी सामुदायिक प्रहरी केन्द्रमा कार्यरत थिए ।


