काठमाडौं, ०१ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो ।
तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । सुरक्षा स्रोतका अनुसार शाह कैलाश हेलिकप्टरमार्फत काठमाडौँ आउन लागेका हुन् ।
उनी मध्यान्ह १२ बजे झापाबाट हेलिकप्टरमा काठमाडौँतर्फ प्रस्थान गर्नेछन् । करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
शुक्रबार राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।


