गोर्खा, ०१ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पूर्वी नेपाल र मध्ये तराईको चुनावी प्रचारप्रसार सकेर पश्चिम उकालो लागेका छन्।
झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका उनी चुनावी अभियानको लागी साह आज साँझ गोर्खा बजार पुग्ने कार्यक्रम तयार भएको छ।
प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार शाह नुवाकोट, धादिङ हुँदै गोरखाको आरुघाट हुँदै गोर्खा पुग्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ।
साहले गोर्खा बजारमा आम नागरिक तथा पार्टी सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।


