काठमाडौं,०२ फागुन। आईसीसी टि–२० विश्वकपमा आज तीन खेल हुँदैछन् । आयरल्याण्ड र ओमान, इंग्ल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयरल्याण्ड र ओमानबीच खेल हुनेछ । खेल श्रीलंकाको कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ ।
खेलमा दुवै टोली पहिलो जितका लागि मैदानमा उत्रिएका छन् । दुवै समूहले यसअघिका दुई खेलमा हार बेहोरेका थिए ।
दोस्रो खेल समूह ‘सी’ मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
जारी विश्वकपमा दुईरदुई खेल खेलेका इंग्ल्याण्ड र स्कटल्याण्डले एक–एकमा जित र एक–एकमा पराजय भोगेका छन् ।
अर्को तेस्रो तथा अन्तिम खेल समूह ‘डी’ का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल अहमदाबादमा बेलुका सवा ७ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा जित निकालेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका समान ४ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन् ।


