सुनसरी, ०२ फागुन। सशस्त्र प्रहरी बलले सुनसरी र मोरङबाट करिब ३ सय ३ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको २८ वटा प्याकेटमा रहेको २८ केजी ६ सय ८० ग्राम गाँजा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाको वडा नं ४ र ५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
गाँजा लैजाँदै गरेका व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै गाँजा छाडेर फरार भएका थिए ।
त्यस्तै मोरङको जहदा गाउँपालिका–२ मधुमल्लास्थित परालको कुन्युमा लुकाई छिपाई राखेको ९ वटा पोकामा रहेको २ सय ७५ किलो गाँजासहित सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय चन्दन साहलाई नियन्त्रणम लिइएको छ सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


