रमेश कुमार यादब
फाल्गुन ०२ गते ।
रौतहट जिल्लाको गरुडामा लैङ्गिक हिंसा नियन्त्रण जिल्ला संजाल समितिको मासिक बैठक सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाको आयोजनामा उक्त बैठक सम्पन्न भएको हो । कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सभाहलमा आयोजना गरिएको थियो । बैठकको अध्यक्षता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक ९एसपी० सिताराम रिजालले गर्नु भएको थियो ।
प्रमुख अतिथिका रूपमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्य सहभागी हुनु भएको थियो । प्रमुख अतिथि नगर प्रमुख जैसवालले जिल्ला समितिलाई थप क्रियाशील र प्रभावकारी बनाउन जिल्लास्थित सरोकारवाला निकाय, विभिन्न संघ९संस्था तथा स्थानीय तहहरूसँग समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनु भयो । उहाँले लैङ्गिक हिंसा नियन्त्रणका कार्यक्रमहरूलाई समुदायस्तर, विशेषगरी ग्रामीण भेगसम्म विस्तार गर्दै अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई मजबुत बनाउने आवश्यकता औंल्याउनु भयो ।

साथै, नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकमा सहभागी सरोकारवाला व्यक्तित्वहरूले लैङ्गिक विभेद, घरेलु तथा सामाजिक हिंसा, र विभिन्न प्रकारका हिंसात्मक गतिविधिहरूको पहिचान गरी टोल तथा समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । हिंसा प्रभावित व्यक्तिहरूको गुनासो सुन्ने, परामर्श दिने र न्यायमा पहुँच सुनिश्चित गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिएको थियो ।
विशिष्ट अतिथि डिएसपी शंकर प्रसाद आचार्यले लैङ्गिक हिंसा नियन्त्रणका लागि शिक्षा, जनचेतना, कडा कानुनी कार्यान्वयन र सामाजिक चेतनाको विकास अत्यन्त आवश्यक रहेको बताउनु भयो । उहाँले घरेलु हिंसा, कार्यस्थलमा हुने दुव्र्यवहार, तथा पितृसत्तात्मक सोचका कारण उत्पन्न समस्याहरूलाई अन्त्य गर्न सबै तहबाट पहल आवश्यक रहेको उल्लेख गर्नु भयो । महिलालाई आर्थिक रूपमा सशक्त बनाउने, हिंसापीडितलाई कानुनी सहायता, सुरक्षित आश्रय तथा परामर्श सेवा उपलब्ध गराउने कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रहरी नायब निरीक्षक ९सई० दिपिका ओझाले आ।व २०८२÷०८३ को श्रावन देखि माघ महिनाको प्रगति विवरण सार्वजनिक गर्नु भयो । उहाँका अनुसार घरेलु हिंसा सम्ँबन्धी परेको जम्मा उजुरी २४३ वटा मध्ये २१९ वटा फछौट भईसकेको तथा २४ वटाको काम भईरहेको बताईन । त्यसतै समाजिक हिंसा उजुरी सम्बन्धी जम्मा ४३३ वटा उजुरी परेको मध्ये ४१९ वटाको फछौंट भईसकेको तथा २२ वटाको काम भईरहेको बताउनु भएकी थिईन ।
साथै आ।व मा हराएको तथा फेला परेको उजुरीको संख्या १४३ र त्यस मध्ये ११९ वटा फेला परिसकेको र २४ वटाको फेला पर्न बाकी रहेको साथै खोजतलासको काम जारी रहेको जानकारी दिएकी थिईन । सोही अवधिमा महिला, बालक र बालिका गरी जम्मा १४३ हराएको उजुरी परेकोमा हालसम्म महिला ६२, बालक ५ र बालिका ५२ जना गरी ११९ जना फेला परिसकेको र १२ जना महिला, बालक १ जना र १२ जना बालिका फेला पर्न बाँकी रहेको र खोजतलास कार्य जारी रहेको सई ओझाले जानकारी दिनु भयो ।

उहाँले लैङ्गिक हिंसा रोकथाममा समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै पीडितलाई समयमै सहयोग, संरक्षण र न्याय दिलाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै एसपी सिताराम रिजालले सेवा केन्द्रमा आउने सेवाग्राहीलाई कुनै प्रकारको असहजता वा समस्या नहोस् भन्ने हिसाबले काम गर्न निर्देशन दिनुभयो। उहाँले पीडितको कुरा संवेदनशीलतापूर्वक सुन्ने, दुवै पक्षको भनाइ बुझेर निष्पक्ष निर्णय गर्ने र कानुनअनुसार छिटोछरितो सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।
उहाँले लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रहरी मात्र होइन, समाजका सबै तह र निकायको संयुक्त प्रयास आवश्यक पर्ने उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, लैङ्गिक हिंसा नियन्त्रण जिल्ला संजाल समितिका पदाधिकारी, विभिन्न संघ९संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


