रौतहट, ४ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिकाको पेटभर्वा गाउँमा एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छन् ।
फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा गाउँमा आईतवार ११ः५० बजे धुपा राय यादवका छोरा ४२ वर्षीय महन्थ राय यादवको २८ वर्षीया श्रीमती आरती देवी यादवको घाँटीमा धारिलो हतियारले काटिएको मृत शव खाटमा उतानो परेको अवस्थामा फेला परेका हुन् ।
इलका प्रहरी कार्यालय सन्तपुर दोस्तियामा प्राप्त सूचनाको आधारमा सईको कमाण्डमा खटिएका प्रहरी टोलीले पुगेर ढोका खोलेपछि आरती खाटमै उतानो परेको अवस्थामा फेला परेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले महिलाको घाँटी काटिएको र खाट छेउमै रगत भेटिएको हुँदा हत्याको आशंका व्यक्त गरे ।
आरतीको श्रीमान महन्थ राय यादव फरार रहेको हुँदा निजको तिव्र रुपमा खोजी कार्य भईरहेको तथा घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दा श्रीमानद्वारा नै श्रीमतीको हत्या भएको हुन सक्ने आशंका प्रहरी गरेको छ ।
आरतीको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बताए ।


