दाङ, ०६ फल्गुन। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दाङ क्षेत्र नम्बर २ का उम्मेदवार प्रतीक अधिकारीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई समर्थन गरेका छन् ।
आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले आफ्नो उम्मेदवारी निष्कृय बनाउँदै आचार्यलाई समर्थन गरेको घोषणा गरेका हुन् ।
इन्जिनियर अधिकारी तत्कालीन माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा थिए । माओवादी–एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नेकपा बनेपछि अधिकारी प्रलोपामा लागेका थिए । उनले प्रलोपा छाडेर नेकपामा फर्किएको घोषणा समेत गरेका छन् ।
दुई दिनअघि मात्रै दाङ क्षेत्र नम्बर २ का आम जनता पार्टीका उम्मेदवार कृष्णबहादुर विकले पनि आफ्नो उम्मेदवारी निष्कृय बनाएर नेकपा उम्मेदवार आचार्यलाई समर्थन गरेको घोषणा गरेका थिए ।


