रौतहट,०६ फागुन। सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ ।
हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


