श्री वंशिराम अनाथालयमा भारतिय एक दयालु परिवारद्वारा लताकपडा सहित खाद्ययान्न समाग्री हस्तान्तरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ७, शुक्रबार (४ दिन अघि)
  • ८ पटक पढिएको
श्री वंशिराम अनाथालयमा भारतिय एक दयालु परिवारद्वारा लताकपडा सहित खाद्ययान्न समाग्री हस्तान्तरण

वर्तमानकाल सम्वाददाता
फाल्गुन ०७ गते

रौतहट जिल्लाको गरुडा नगरपालिका–४ मा अवस्थित श्री बन्सिराम अनाथालयमा आज एक दयालु परिवारद्वारा मानवीय सहयोग हस्तान्तरण गरिएको छ। भारतको बिहार राज्य अन्तर्गत सीतामढी सुरसँद्ध निवासी उदारहृदया समाजसेवी निरु लाठले आफ्ना बुवा पवन कुमार अग्रवाल र आमा मीरा देवी अग्रवालसँग संयुक्त रूपमा अनाथालय पुगेर बालबालिकाहरूका लागि आवश्यक खाद्यान्न तथा लत्ताकपडा सहयोग प्रदान गर्नुभएको हो।


सहयोगस्वरूप टी–शर्ट २४ थान, फ्रुटी २ कार्टुन, चाउचाउ ५ कार्टुन, टेस्टी बिस्कुट २ कार्टुन, एक बट्टा चकलेट, २५ किलोको १ बोरा चामल तथा नगद रु। २,५०० हस्तान्तरण गरिएको अनाथालय व्यवस्थापनले जनाएको छ। उक्त सामग्री अनाथालय व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी भुवनेश्वर राम जैसवाललाई औपचारिक रूपमा प्रदान गरिएको थियो।
कार्यक्रममा समाजसेवी, बुद्धिजीवी तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहयोग हस्तान्तरणका क्रममा बोल्दै निरु लाठले अनाथ बालबालिकाहरूको पालनपोषण र शिक्षा–दीक्षामा सघाउनु आफ्नो सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै, अनाथालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा आगन्तुक सहयोगीहरूलाई बस्न सहज होस् भन्ने उद्देश्यले ३० वटा प्लास्टिक कुर्सी उपलब्ध गराउने घोषणा पनि गर्नुभयो।उक्त कार्यक्रममा साहित्यकार सञ्जय साह “मित्र”, पत्रकार रमेश यादव, प्रदीप दास, अनाथालयका व्यवस्थापक कृष्ण साह, व्यवस्थापन समितिका सचिव गणेश प्रसाद साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्ता सहयोगले अनाथ बालबालिकाको मनोबल उच्च बनाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।


अनाथालयमा आश्रित बालबालिकाहरूले पनि सहयोगी परिवारप्रति कृतज्ञता प्रकट गर्दै यस्ता मानवीय हातहरूबाट प्राप्त सहयोगले आफ्नो दैनिक जीवनयापनमा ठूलो टेवा पुग्ने बताएका छन्। सीमापारबाट समेत सहयोगको हात बढ्नुले मानवताको कुनै सिमाना नहुने सन्देश पुनः स्थापित गरेको स्थानीयहरूले उल्लेख गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस