स्रोत नखुलेको नगदसहित महोत्तरीबाट एकजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ७, शुक्रबार (४ दिन अघि)
  • ७ पटक पढिएको
स्रोत नखुलेको नगदसहित महोत्तरीबाट एकजना पक्राउ

महोत्तरी, ०८ फाल्गुन। स्रोत नखुलेको नगदसहित महोत्तरीबाट एकजना पक्राउ परेका छन् । मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३०० रूपैयाँसहित सम्सी गाउँपालिका–७ बस्ने गौतम साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको प्रहरीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र. ०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई नगदसहित बिहीबार पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस