प्रधानमन्त्री कार्की चुनावी अवस्था बुझ्न मुस्ताङ पुगे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ७, शुक्रबार (४ दिन अघि)
  • ८ पटक पढिएको
प्रधानमन्त्री कार्की चुनावी अवस्था बुझ्न मुस्ताङ पुगे

काठमाडौं, ०८ फाल्गुन। हिमाली जिल्लाको चुनावी माहोल बुझ्न प्रधानमन्त्री सुशीला कार्की मुस्ताङ पुगेकी छिन्। 

शुक्रबार बिहान हेलिकोप्टरमार्फत त्यहाँ पुगेकी उनले हिमाली बस्तीको अवलोकन गर्ने छिन्। त्यस्तै स्थानीय र सरकारी अधिकारीसँग अन्तरक्रिया पनि गर्ने छिन्।

प्रधानमन्त्री कार्कीले त्यहीक्रममा मुक्तिनाथ मन्दिरको पनि दर्शन गरेकाे उनको सचिवालयले बताएको छ।

प्रधानमन्त्रीका साथमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन्।

फागुन २१ गते हुने चुनावकाे अवस्थाबारे जानकारी लिन  कार्की यसअघि अर्को हिमाली जिल्ला सोलुखुम्बु पनि पुगेकी थिइन्। 

ताजा अपडेट

खोजी गर्नुहोस