चुनावी स्रोतसाधनमा कमी नहोस् भनी खनालको प्रतिबद्धता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ फागुन ७, शुक्रबार (४ दिन अघि)
  • ६ पटक पढिएको
चुनावी स्रोतसाधनमा कमी नहोस् भनी खनालको प्रतिबद्धता

काठमाडौं, ०८ फागुन। अर्थमन्त्री रामेश्वर खनालले चुनावका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा उहाँले चुनावलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो । अर्थमन्त्रीले अब आर्थिक विषयमा केन्द्रित हुने समय आएको बताउँदै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्नुभयो ।

उहाँले पर्यटनलाई उद्योग सरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो । सरकारले देशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्री खनालले त्यसका लागि विविध नीतिगत काम भएको समेत जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस