कैलालीमा श्रीमतीको हत्या, श्रीमान् फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २३, आईतबार (६ दिन अघि)
  • १०७ पटक पढिएको
कैलालीमा श्रीमतीको हत्या, श्रीमान् फरार

धनगढी, २४ फाल्गुन । धनगढीमा एक व्यक्तिले जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जोशीको राति घरमै श्रीमान् डम्मराज जोशीले हत्या गरेको खुलेको बताए । उनका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा जोशी घरमै मृत भेटिएकी थिइन् ।

प्रहरीका अनुसार पूर्वशिक्षकसमेत रहेका जोशी घटनापछि फरार भएका छन् । राति बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करिब १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो ।

सरस्वतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस