पेन्टागनले इरान युद्ध तयारीका लागि २०० अर्ब डलर माग्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ५, बिहिबार (१ महिना अघि)
  • १२४ पटक पढिएको
पेन्टागनले इरान युद्ध तयारीका लागि २०० अर्ब डलर माग्यो

काठमाडौं, ०५ चैत। अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउससँग इरान युद्धका लागि ठूलो रकम माग गरेको छ ।

अंग्रेजी अखबार वासिङ्गटन पोस्टमा प्रकाशित समाचारअनुसार पेन्टागनले राष्ट्रपति भवनसँग दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम माग गरेको हो ।

अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीको हवाला दिँदै पेन्टागनले व्हाइट हाउससँग इरानमा युद्धका कारण दुई सय अर्ब अमेरिकी डलरभन्दा बढीको मन्जुरी दिन भनेको छ ।

यो रकम अहिलेसम्म इरानमा भएको अभियानको लागतभन्दा कयौं धेरै भएको अखबारको भनाइ छ । यसको उद्देश्य खर्च भइसकेका आवश्यक हतियारहरूको उत्पादन तत्काल बढाउनु रहेको समाचारमा उल्लेख छ ।

पछिल्ला दुई हप्तामा पेन्टागनका तर्फबाट ‘फन्डिङ’ का लागि अलग–अलग अनुरोध पेश भएको बताइएको छ ।

रकम वृद्धिका लागि गरिएको पछिल्लो माग कांग्रेसमा ठूलो राजनीतिक लडाइँको कारण बन्न सक्ने अखबारको भनाइ छ ।

अखबारले समाचार तयार पार्दासम्म अमेरिकी रक्षा विभाग र ह्वाइट हाउस दुवैले यस विषयमा मागेको प्रतिक्रिया अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस