
कृष्णा तिवारी । रौतहट,२० कात्तिक।
रौतहटको फतुवा बिजयपुर नगरपालिका -१ गम्हरियामा रहेको सितामाइ त्रिपाठी दलित अधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत २ सय ३० जना विद्यार्थीलाई ८१/८२ र ८२/८३को छात्रवृत्तिबाट स्कुल ड्रेस वितरण गरिएको प्रधानाध्यापक हिरालाल यादवले बताए ।
विद्यार्थीहरुलाई नियमित विद्यालयमा आउन र पठनपाठनमा सहज होस् भन्ने उदेश्यले स्कुल ड्रेस वितरण गरिएको बिधालय ब्यवस्थापन समितिको अध्यक्ष रामप्रवेश यादवले बताए ।
स्कुल ड्रेस वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष बिजय कुमार यादवले आफूहरुले स्थानीय निर्वाचनमा स्वास्थ्य शिक्षा रोजगारलाई पहिलो प्राथमिकता राखेकाले उक्त शैक्षिक सुधारको एक अंस भएको र यस बिविद्यालयमा अध्ययनरत विध्यार्थिहरुलाई शिक्षामा टेवा पुगोस् भन्ने उदेश्यले विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको बताए ।
वितरण कार्यक्रममा शिक्षिका रमिता कुमारी अभिभावक , बिधानन्द यादव ,लगाएत शिक्षिकाहरु, सञ्चारकर्मीहरु,बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

