अवैध पटाकाविरुद्ध प्रहरीको कारबाही, डेढ लाखका पटाका नष्ट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २२, शनिबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
अवैध पटाकाविरुद्ध प्रहरीको कारबाही, डेढ लाखका पटाका नष्ट

सिरहा ,२१ कात्तिक। सिरहा प्रहरीले विभिन्न समयमा बरामद गरेका करिब डेढ लाख रुपैयाँ मूल्य बराबरका पटाकाजन्य पदार्थ नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न समयमा गरेको कारबाहीका क्रममा नियन्त्रणमा लिएका पटाकाजन्य पदार्थ नष्ट गरेको जनाएको छ ।

प्रहरीका अनुसार करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकाजन्य सामग्री सिरहा नगरपालिका–६ स्थित कमला नदीको किनारमा खाल्डो खनेर पुरिएको हो।

स्थानीयवासी तथा पत्रकारहरूको रोहवरमा बरामद पटाकाजन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

चाडपर्वका समयमा पटाकाको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोगबाट आगलागी र दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाही गर्दै आएको जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस