लामखुट्टे नियन्त्रण गर्न गौर नगरपालिकामा फगर मसिनको प्रयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० भाद्र १६, शनिबार (२ साल अघि)
  • ३४ पटक पढिएको
लामखुट्टे नियन्त्रण गर्न गौर नगरपालिकामा फगर मसिनको प्रयोग

रमेश कुमार यादव

रौतहट,१६ भदौ । रौतहटको गौर नगरपालिकाले फगर मेसिनबाट लामखुट्टे नियन्त्रण गर्ने मसिन ल्याउका छन । लामखुट्टेको टोकाईबाट हुने डेङ्गुको संक्रमण रोक्न पालिकाले सवै वडा भरि नै औषधी छिट्ने अभियान थालेको हो । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहका अनुसार लामखुटेको टोकाईबाट धेरै संक्रमित भइसकेका छन् भने कतिले त ज्यान नै गुमाइसकेका छ ।

डेङ्गुबाट बच्नको लागि नै फगर मेसिन प्रयोग गरिएको उहाँको भनाई छ । लामखुट्टेको टोकाइबाट हुने डेंगुका साथै अन्य सरुवा रोगको पनि जोखिम छ । त्यसैले डेंगुबाट जोगिनका लागि लामखुट्टे मार्न औषधि छर्ने काम गरेको उहाँले बताउनु भयो । लामखुट्टे मार्नका लागि फगर मेसिनले पालिकाको विभिन्न क्षेत्रमा ‘डिस्इन्फेक्ट’ गर्ने बताउनु भयो ।

मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्छन् । मेसिनसमा डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर ‘गन स्प्रे’ गरिन्छ । लामखुट्टे बढि हुने बस्ती, पानी जमेका ठाउँ,मोटर ग्यारेज, टायरहरु भएको ठाउँमा पुगेर विषादी छर्किने काम गरिएको गौर नगरपालिकाले जनाएको छ । यस्ता काम प्रभावकारी भएकोले डेङ्गुबाट बच्न सहयोग पुग्ने पालिकाको विश्वास छ ।

गौर नगरपालिकाका अनुसार डेङ्गुबाट बच्नका लागि जनचेतना मुलक कार्यक्रमहरु पनि सञ्चालन गरीएको छ । डेङ्गु खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै रहेको गौर नगरपालिका स्वाथ्य शाखाले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु,मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन बिषादी छर्न सुरु गरेको स्वास्थ्य शाखाले बताएका छन ।यसबाट बच्न आ–आफ्नो वरिपरि जमेको खाल्डो भित्रको पानी,फोहर भएको ठाउँलाई सफा राख्न नगरबासिहरुसंग आग्रह समेत गरेका छन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस