राैशन चाैधरी ।
जेठ २८ गते ।
रौतहटमा १७ ओटा अबैध गाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राती करिब ३ बजेको समयमा गोप्य सुचनाको आधारमा खटिएका दुधियाभार शस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियाे ।
गौर भन्सार कार्यालयका केही सेण्डिकेट चलाउनेहरु पनि सक्रिय भएर ३५ हजार ५ सयमा लिलामी सकार गरेर पुन त्यही व्यापारी समक्ष गाईबाछो पुग्न सफल भएको छ । नेपालबाट भारत तर्फ लैजादै गरेको १७ वटा गाई सहित पिकअप प्रहरीले पक्राउ गरेका छन । शुक्रवार राति करिब ३ बजेको समयमा नेपालगन्जबाट आइरहेको प्रदेश २–०३ ००१ ख १४८७ नम्बरको पिकअप गाडीलाई गरुडा नगरपालिका वार्ड नं.८ बसबिटी जिगडियामा चेकजाँच गर्ने क्रममा भारत तर्फ लैजादै गरेको १७ वटा गाईलाई शस्त्र प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ परेका गाई सहित पिकअपलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गाैरमा पठाइएको थियाे । सिमापार लैजानको लागि ल्याउदै गरेको अवस्थामा १७ थान गाई बाछोलाई शस्त्र प्रहरीले समाते पनि पुन त्यही तस्कर समक्ष गाई र बाछ्रा पुगेका छन् ।
बरामद भएको गाईबाछो दुधियाभार बेस क्याम्पमै राखेर खाली ट्रकलाई सशस्त्र प्रहरीले गौर भन्सार कार्यालयमा बुझाउदै १७ गाईबाछोको ३४ हजार रकम मूल्याँकन राख्दै आवश्यक कारवाहीका लागि प्रतिवेदन बुझाइयो । श्रोतका अनुसार गाईबाछोको कारोवार गर्ने व्यक्तिबाट उक्त वेसपतिको मिलोमतोमा कम मूल्याँकन गराई प्रतिवेदन बुझाइयो थियाे ।
पहाडी भेगबाट गाईबाछो, गोरुहरु ट्रकमा लोड गरेर सिमावर्ती क्षेत्रमा ओरालेर भारत हुँदै बंगलादेश सम्म तस्कारी हुने गरेको उक्त कार्यमा यहाँको सुरक्षाकर्मीहरुले आर्थिक प्रलोभनमा परेर साथ दिदै आएको हुँदा तस्करी गर्ने कारोबारीको मनोबल बढदै गएको छ ।