जेष्ठ २८ गते, रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा रहेको पोखरीको भर्याङ्ग निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग भइरहेको छ ।
उद्योग, पर्यटन तथा वन मन्त्रालय जनकपुरको करिव २० लाखको लागतमा माधोपुर बजार स्थित रहेको पोखरीको सौन्दर्यकरण अन्तर्गत अहिले भर्याङ्ग निर्माणको काम धमाधम भइरहेको छ तर सो भर्याङ्ग निर्माणमा एक नम्बरको ईट्टा प्रयोग गर्नुको सट्टा दुई नम्बरको ईट्टा प्रयोग भइरहेको पाइएको छ ।
स्थानीय नेता श्याम विहारी यादवले सो भर्याङ्ग निर्माण गर्ने जिम्मा पाएका छन् ।
नेता श्याम विहारी यादवले भ्रष्टाचार गर्ने उद्देश्यका साथ सरकारी रकमको दुरुपयोग गर्दै उक्त पोखरीको भर्याङ्ग निर्माणमा कमसल निर्माण सामाग्री अर्थात दुई नम्बरको ईट्टा प्रयोग गरिरहेको देखिएको छ ।
विगतका दिनमा समेत विभिन्न विकास निर्माणको काममा गुणस्तरहीण सामाग्री प्रयोग गरी भ्रष्टाचार गर्न पल्केका नेता श्याम विहारी यादव पोखरीको पुर्वाधार निर्माणको काममा समेत नक्कली ईट्टा प्रयोग गरी भ्रष्टाचार गर्न खेजेका छन् ।
नेता यादवले नक्कली ईट्टा प्रयोग गरेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन । स्थानीयहरुले भने नक्कली ईट्टा झिकेर सक्कली ईट्टा प्रयोग गर्न माग गरेका छन ।
नक्कली ईट्टा नहटाए काम नै अवरुद्ध गरिदिने स्थानीयहरुले चेतावनी दिएका छन ।
दुईनम्बरी ईट्टाले भर्याङ्ग टिकाउ नहुने भन्दै स्थानीयहरुले सक्कली ईट्टा प्रयोग गर्न नेता यादवलाई सचेत गराएका छन् ।
नक्कली ईट्टा प्रयोग भएको बारे मन्त्रालय, सम्बन्धित निकाय वा योजनाका इन्जिनीयरलाई लाई कुनै जानकारी नै नभएको पाइएको छ ।
कमसल निर्माण सामाग्री प्रयोग भएको बारेमा सोमवार वन कार्यालय जाने र योजनाका हाकिम एवं इन्जिनीयरलाई बोलाएर अनुगमन गर्न लगाउने तथा गुणस्तरहीण काम गर्ने ठेक्केदार लाई कार्यवाही गर्ने स्थानीयहरुले बताएका छन ।