भक्तपुरको बोडेमा पुरुषको शव भेटियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
भक्तपुरको बोडेमा पुरुषको शव भेटियो

२९ जेठ, भक्तपुर ।  भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव भेटिएको छ ।

बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्‍याण साहु मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।

उनका अनुसार साहुको हत्‍या भएको आशंकामा केही व्‍यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

डीएसपी पाण्डेका अनुसार मृतक साहुको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको  छ ।

ताजा अपडेट

खोजी गर्नुहोस