वीरगञ्ज, २९ जेठ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नमबर ३ मा घरगोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।
पटेर्वासुगौलीस्थित पश्चिम देकुलीमा बृजलाल दास थारुको घरगोठमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घरगोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।
शनिबार राती १२ बजे तिर लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आइतबार बिहान २ बजे तिर निभाइएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादवले जानकारी दिए ।
आगलागीमा परि २ वटा भैंसी पनि जलेर गम्भीर घाइते भएको यादवले बताए ।