रमेश कुमार यादब
जेठ ३० ,रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.२ मा शिलान्यास कार्यक्रम सम्पन भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.२ स्थित पर्ने श्री माध्यमिक बिधालय गेडीगुठिमा नव निर्वाचित मेयर कन्थमनि प्रसाद जैसवालले चार कोठे भवनको शिलान्यास गर्नु भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि बिधालयको आफ्नै खाली रहेको जग्गामा पुरोहितद्धारा पुजापाठ गरि नगर प्रमुख जैसवालले चार कोठे पक्की भवनको शिलान्यास गर्नु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाखको लागतमा एक तले ४ कोठे अत्याधुनिक भवन निर्माण गरिने मेयर जैसवाल बताए । शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै मेयर जैसवालले भने कि शिक्षा अति नै आवश्यक रहेको बताउदैँ शिक्षामा सबभन्दा बढि ध्यान दिन अति जरुरी रहेको बताए । यसै चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न हुने गरी भवन निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरुलाई पठनपाठन गराउन निकै कठिनाइ हुँदै आएकोले भवनको अभावमा कुनै पनि विद्यार्थीलाई पठनपाठनमा समस्या नहोस भन्ने उद्देश्यका साथ आफु विद्यालय भवन निर्माणका लागि शिलान्यास गरेको मेयर जैसवालले बताए ।भवनको शिलान्यास गर्दै नगर प्रमुख जैसवालले भने कि मैले गरेको प्रतिबद्धता पत्रको घोषणा मध्ये शिक्षा एक हो ।रौतहटमा शिक्षा सबभन्दा कमि रहेको पाईएको छ । सुगम क्षेत्र हुँदा पनि रौतहटमा शिक्षा प्रतिशत हेर्दा ४१.७% रहेको बताए । मेयर जैसवालले भने शिक्षाको अगाडी बढाउनको लागी प्रत्येक मानिसको आवश्यक रहेको बताए ।शिक्षामा सुधार ल्याउन अभिभावक देखि शिक्षकको पनि अति महत्वपुर्ण भुमिका रहेको मेयर जैसवालले बताए ।शिक्षाको क्षेत्रमा भौतिक पुर्वाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताए । शिक्षा क्षेत्रलाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ विद्यालय भवन निर्माण प्रकृया अगाडि बढाएको समेत उनले बताए ।नगरका प्रत्येक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी नराख्ने मेयर जैसवालले बताए ।
त्यस्तै बिधालयका प्राधानाध्यापक जङबहादुर ठाकुरको अर्थक प्रयासको कारण बिधालय भवनको शिलान्यास भएको छ ।प्राधानाध्यापक ठाकुर बिधालयमा आउनु भन्दा अघि बिधालयको अवस्था निकै नै कमजोर रहेको थियो । विगत २ दशक देखि भवनको कमी हुदा पनि उक्त विद्यालयमा भवन निर्माण हुन सक्ने अवस्था आएको थिएन तर माध्यमिक विधालय गेडही गुठीका प्र.अ ठाकुर र शिक्षक तथा समाज सेवी विवेक शर्माको टिमको अर्थक प्रयास र मेहनत पछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवन निर्माण भएको छ । सोहि बिधालयका प्र.अ ठाकुरले छोटो समयमा बोल्दै विद्यालयमा विद्यर्थीको अनुपातमा कक्षाकोठा, डेस्कब्रेन्च , खानेपानी, शौचालय लगायतको अभाव रहेको छ । विद्यालयको खुल्ला चौर व्यवस्तित पार्नु पर्ने विद्यालयका अधुरा संरचना लगायतलाई पुरा गर्नु पर्ने अहिलेको मुख्य अवश्यक्ता रहेको र यसलाई निर्माण गराई दिन नगर प्रमुख कन्थमनि प्रसाद जैसवालसंग अनुरोध समेत गरेका थिए । कार्यक्रमको सन्चालन बिबेक शर्मा गर्नु भएको थियो भने कार्यक्रममा गरुडा नगरपालिकाको नगर उपप्रमुख पुनम चौधरी ,प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादब ,सोहि वार्डको वडाअध्यक्ष किसन्नदन सहनी, छात्रछात्रा,बृद्धजिबि ,समाजसेवी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।