राैशन चाैधरी । जेठ ३१ गते ।
रौतहट जिल्लाको कटहरीया नगरपालिकाकाे नगर उपप्रमुख रिता देवी यादवले नगर भरीकाे विधालयहरूमा दिवा खाजा तथा शैक्षिक अवस्था काे बारेमा अवलाेकन करीव दुई हप्ता देखी प्रत्येक वाडाहरूमा गएर शिक्षक र विधार्थिहरू संग भेट गरी अवस्था बुझेकि छिन्। । मंगलवारका दिन वडा नं २ जमुनियामा रहेका माध्यमिक विधालय हेर्न जादा विधालयकाे अवस्था जिर्ण रहेकाे र साैचालय र कम्पाउन्ड पुर्ण रूपमा फाेहर थियाे । बनिरहेकाे विधालयकाे अनुगमन गर्नु भएकाे छ । उपमेयर यादवले प्रधानाध्यापक अनिल निधिलाई छिटाे सुधार गर्न निर्देशन दिनुभएकाे थियाे ।
उनले आफनाे प्रतिबद्धता पत्रमा उल्लेख गरे बमोजिम शिक्षा क्षेत्र लाई प्राथमिकतामा राखि अनुगमन गर्न बिधालयमा पुग्नु भएको थियाे । त्यस्तै गत बिहिवार वडा नं १ मा रहेकाे श्री माध्यमिक बिधालय भसेढवाकाे प्रधानाध्यापक सचिन्द्र यादवले बिधालयमा पहिलोचाेटी पुग्नु भएका नगरउपप्रमुख रिता देवि यादवलाई गमछा ओढाएर सम्मान समेत गर्नु भएको थियाे । शैक्षिक अवस्था,दिवाखाजा , निर्माणाधीन बिधालयकाे भवन,शैक्षिक गुणस्तर निरिक्षण तथा अनुगमन गर्न पुग्नु भएको थियाे ।
पदभार ग्रहन गरे पछि नगरकाे सर्वाङ्गिण विकासकाे लागि वहाँ एक्सनमा आउनु भएको छ । साथै वहाँले बिधार्थीहरू सँग पनि समस्या बुझ्नु भएको थियाे ।
करिव अधिकान्स विधालयका प्रधानध्यापक शिक्षक , शिक्षिका अभिभावक लगायतका ब्यक्तिहरु संग अन्तरक्रिया कार्यक्रम र भेटघाट गर्नुको साथै अनुगमन गरेका हुन् । बिधालयमा रहेको आवश्यकता बारे प्रधानाध्यापक यादवले अवगत गराउनु भएको थियाे । बिधालयमा शिक्षककाे कमी,खानेपानी लगायतकाे विषयमा शिक्षकहरूले नगर उपप्रमुख यादव समक्ष गुणासाे गरेका थिए ।
बिधालयको भौतिक ,प्रशासनिक ,आर्थिक अवस्थाको बारेमा समेत बुझ्नु भएको थियो । बिधालयमा रहेको लाईब्रेरी , साईन्स लैबकम्प्युटर कक्षाकाे पनि अनुगमन गर्नु भएकाे थियाे ।