रमेश यादव ।
असार ०१ ,रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाको नव निर्वाचित नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल एक्सनमा आएको छ । गत बैशाख ३० गते एकै चरणमा भएको स्थानिय तहको चुनावमा निर्वाचित भई जेठ १६ गते पदभार ग्रहण गरे देखि नै नव निर्वाचित नगर प्रमुख जैसवाल समाजलाई भलो हुने काममा सक्रिय भएका छन ।
नगर प्रमुख जैसवाल स्वास्थ्य चौकी ,बिधालय देखि निर्माण कार्यमा भईरहेको कमि कमजोरीमा छडके अनुगमन गर्न लागेको छ । बुधाबार गरुडा नगरपालिकाको वार्ड नं.१ जयनगर स्थित रहेको आधारभुत बिधालयको छडके अनुगमन गरेका थिए । बिधालयको अनुगमन क्रममा बिधालयलाई बिभिन्न तबरबाट हेर्दा बिधालयको अवस्था हाल बेहाल रहेको पाईएको मेयर जैसवालले बताए । बिधालयमा हुनु पर्ने कुनै गुण नै त्यस बिधालयमा भेटिएन बताए ।
बिधालयमा डेस्क बेन्चको कमिले बिधार्थीहरु भुईमा बसेर नै पढिरहेको पाईएको छ ।बिधालयको अनुगमन क्रममा बिधालयमा सरसफाई देखि शिक्षकको अनुपस्थितीको लापरवाहि रहेको पाईएको थियो ।सरसफाईमा भगवानको बाँस हुन्छ भनि सिकाउने शिक्षक र माता सरस्वतीको बास हुने ठाउँ त्यतिका फोहर देखेर आश्चर्य लागेका थिए ।बिधालयको कक्षाकोठा,शौचालय देखि बिधालयको प्राङ्गणसम्म फोहर नै फोहर रहेको पाईएको छ ।
साथै सरकारबाट बालबालिकाहरुको दिएको दिवाखाजालाई निरीक्षण गर्दा त्यसमा पनि चरम लापरवाहि देखिएको थियो । फोहर स्थानमा नै दिवाखाजाको ब्यवस्था गरि खुवाईएकोले बिधार्थीहरुमा बिभिन्न किसिमको रोग देखि बिभिन्न समस्या पर्ने भएकोले त्यसलाई सुधार गर्न निर्देशन समेत दिएका थिए । शिक्षामा हुने कुनै प्रकार कमी कमजोरीसंग सम्झौता नगर्ने बताए ।
साथै शिक्षकको अनुपस्थिती, पोशाक र नेपाल सरकारले लागु गरेको समयमा बिधालयमा हाजिर हुनु जस्ता कुराहरुमा एक हप्ता भित्र सुधार नल्याएमा कानुन बमोजिम कार्यबाहि गर्ने मेयर कन्थमनि प्रसाद जैसवालले चेतावनी समेत दिए । अनुगमन क्रममा गरुडा नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादब ,वार्ड नं.१ जयनगरका वडाअध्यक्ष शेख वाहब लगायत बिभिन्न भद्रभलादमि मानिसहरुको उपस्थिती रहेको थियो ।