राैतहट। रामानन्द साह ।
अषाढ १ गते ।
रौतहटमा एक जना शिक्षकले प्रअ बन्नकाे लागि बिधालयमा नगई मेयरका पिए बनेर दिन रात चक्कर काटिरहेकाे छ ।जिल्लाको देवाही गाेनाही नगरपालिका वडा नं.९ धरहरीमा अवस्थित श्री जय किसान नमुना माबिका शिक्षक धरहरी निवासी भुरेन्द्र पंडित भनिने पवन पंडितले बिधालयमा जानुकाे सट्टा मेयरका पछि पछि हिड्न थालेकाे अभिभावकहरूले आराेप लगाएका छन । बिगत एक बर्ष देखि साेही बिधालयकाे प्रअ बन्नकाे लागि बिधालय परिसरमै धर्ना समेत बसेका पंडित विभिन्न न्यालयमा भौतारिरहेका थए। राजनितिक दलबाट संचालित पंडित जसरी भए पनि आफू प्रअ बन्ने सपना बाेकेर बिधालय नगई मेयरकाे पिए बनेर दिन रात चक्कर काटिरहेकाे छ । आफू रहेकाे बिधालयकाे अवस्था के हाे त्यसबारे कुनै चासो नराख्ने शिक्षक पंडित अहिले त्यहीँ बिधालयकाे प्रअ बन्न मरिहत्ते लागेको अभिभावकहरुकाे भनाइ रहेकाे छ । शिक्षक पंडितले देवाही गाेनाहीका नव निर्वाचित नगर प्रमुख प्रेमलाल साहलाई साेझासाझा समझेर निजको पिए बन्ने नत्र बिधालयकाे प्रअ बन्ने उनको चाहना छ । यश बिषयमा त्याहाका प्रधानाध्यापक उमेश यादव संग साेधा शिक्षक पंडितले बिधालयमा डियुटी छाेडेर राजनीतिकमा बढी नै समय बिताई रहेकाे प्रतिक्रिया दिनु भयाे । वहाले बिधालयमा लगातार एक हप्ता नगए पनि मेयरकाे बलमा हाजिरी गरिदै आएकाे प्रअ यादवले बताए । यसै बिषयलाई लियर शिक्षक पंडितलाई समझाउदा उल्टै समझउने माथि नै झरकेर बाेलने गरेकाे अभिभावकहरुले बताए । आफ्नो बारेमा जलाई जे-जे मन लागछ त्याे त्याे गर्नु मलाई कुनै फरक पर्ने छेन ,भनेर बाेल्दै आएका छन ।राजनीतिक बाट ग्रसित उनले आफू भन्दा अग्रजलाई पनि कुनै वास्ता नगरिएकाे देखियो । प्रअ नै बन्नकाे लागि मरिमिटी लागेका पंडित समाजमा पनि आफ्नो अस्तित्व गुमाएका हुन ।