राैशन चाैधरी ।
असाढ २ गते, रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाले निर्वाचित भएदेखी नै निरन्तर रुपमा जनताको काममा सक्रिय भएर लागेका छन् ।
मेयरमा निर्वाचित भएपछि चुनावका बेला जनतासँग गरेको प्रतिबद्धता पुरा गर्न नगरका विद्यालय, अस्पताल, सडक लगाएतको अवस्था हेर्न मेयर जयसवालले अहिले अनुगमन गर्ने कार्यलाई तिव्रता दिएका छन् ।
नगर प्रमुख जयसवालले बिहिवार कटहरिया नगरपालिका वडा नं. २ हथियाही स्थित रहेको आधारभुत विद्यालयमा छड्के अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा सो विद्यालयमा कार्यरत शिक्षकहरुले चरम लापरवाही गर्ने गरेको फेला परेको हो ।
विद्यालयमा सर–सफाईको कमी, शिक्षकहरु बालबालिकाकाे पढाउनेमा कमिकमजाेरी गरेकाे मेयर जयसवालले बताए । त्यस्तै दिवा खाजा समेत राम्राे नभएकाे पाइएको छ ।
अनुगमनको क्रममा नगर प्रमुख जयसवालले नियमित रुपमा विद्यालय आउन शिक्षकहरुलाई निर्देशन दिदै नियमित समयमा विद्यालय नआउने शिक्षकहरुलाई कडा कार्यवही गर्न चेतावनी समेत दिएका हुन ।
शिक्षकहरु बालबालिकाहरू लाई पठन पाठन राम्राे संग नगराएकाे तथा उनिहरुको भविश्य नै अन्धकारमा पर्ने भएको हुनाले अबदेखी कुनै किसिमको लापरवाही नगर्न शिक्षकहरुलाई उनले चेतावनी दिए । मेयर जयसवालले विधालयमा छिटाे शिक्षक थप गर्ने तथा डेक्स बेन्च ,खेलकुदकाे सामग्री तथा भवनकाे व्यवस्थापन गरनेछु भन्ने उहाँले प्रतिबद्धता गरेका थिए ।
आफु जनताकै काम गर्नका लागि मेयर बनेकोले कार्यालयमा मात्र नबसी गाउँ गाउँ घुमेर जनताको समस्या बुझने र ति समस्यालाई समाधान गर्ने कार्यमा लागेको उनले बताए ।