राैशन चाैधरी ।
अषाढ २ गते ,रौतहट
रौतहट जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिकामा पोखरी सौन्दर्यकरण गर्नको लागी शिलान्यास गरेको छ । जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं.२ हथियाहिमा रहेको पोखरीको सौन्दर्यकरण गर्न नगर प्रमुख अजय प्रकाश जैसवालले शिलान्यास गर्नु भएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख जैसवालले पुरोहितद्धारा मन्त्रोउच्चारण गरि बिधिबत रुपमा सौन्दर्यकरण गर्नको लागी शिलान्यास गर्नु भएको छ । कटहरिया नगरपालिकाको वार्ड नं.२ हथियाहि स्थित रहेको श्री अधारभुत बिधालयको नाममा रहेको पोखरि धेरै दिन देखि फोहोर र लाथलिङ्ग अवस्थामा रहेको थियो । त्यो पोखरिको रेखदेख कोहि गर्न नभएकोले सो पोखरी अभिभावक बिहिन बनेको थियो । मधेश प्रदेश सरकारले पोखरी सौन्दर्यकरण ,मठ मन्दिर साथै जिर्ण रहेका मस्जिद ,पोखरीहरुलाई सौन्दर्यकरण गर्नमा बजेट छुटयाएकोमा सोहि अनुरुप नगर प्रमुख जैसवालले आफ्नो नगरपालिकाको मातहातमा पर्ने त्यसता पोखरी ,मठ मन्दिरहरुलाई सजाउन र सौन्दर्यकरण गर्नमा अग्रसर देखिएको छ । नगर प्रमुखको अर्थक प्रयासले मधेश प्रदेश सरकारको भुसंरक्षण मन्त्रालयबाट २० लाखको बजेट ल्याई सो पोखरीको सजावट देखि सौन्दर्यकरण गर्नको लागी शिलान्यास गरेका छन । शिलान्यास कार्यक्रममा नगर प्रमुखले यो पोखरी निमार्ण भए पछि यो गाउँको मुहार नै फेर्ने बताए । मेयर जैसवालले भने यो पोखरीलाई सौन्दर्यकरण गरि फन पार्क बनाउन योजना रहेको बताए । यो निर्माण भएपछि यस बिधालयको आर्थिक स्रोत समेत बढने र यस आसपासका मानिसहरुलाई पनि राम्रो हुने बताए । मेयर जैसवालले भने कि यो पोखरीको सौन्दर्यकरण भएपछि हामीले नगरपालिकाबाट सहयोग गरेर यस पोखरीको डिलहरुमा बिभिन्न प्रजातिका बिरुवा लगाई सितल प्रदान गर्न बताए । जसले गर्दा यस आसपासका मानिसहरुलाई यस छहारीमा आएर रमाउने र थकान मेटने समेत बताए । शिलान्यास कार्यक्रममा उपभोक्ता समितीका अध्यक्ष नरेन्द्र झा,सचिव अनुपलाल साह तथा वडाअध्यक्ष प्रत्यासी रामाकान्त चौरसीया गाउँका भद्रभलादमि मानिसहरुको सहभागिता रहेको थियो ।