रमेश कुमार यादब
असार ०२ ,रौतहट
रौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन भएको छ । गरुडा नगरपालिकाको सभाहलमा गरुडा नगरपालिकाको सहकार्यमा तथा ईन्सेक संस्था मानव अधिकार समुहको आयोजनामा गरेको स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउनको लागी शिक्षा ,स्वास्थ्य ,खाध्य र आवासको अधिकारका बिषयक सार्वजनिक सुुनुवाई कार्यक्रम सम्पन भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाको नगर उप–प्रमुख पुनम चौधरी रहनु भएको थियो । सार्वजनिक सु्नुवाई कार्यक्रममा बिभिन्न तहतपकाका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सम्बोधन गर्दै नगर उपप्रमुख चौधरीले भने यस ईन्सेक नेपालका अध्यक्ष तथा यस संस्थालाई सहयोग गर्ने सम्पुर्णमा धन्यावाद दिएका छन ।यस्ता कार्यक्रम ल्याउदा गाउँका सम्पुर्ण मानिसहरु उजागर हुने र आफ्नो हकअधिकारको लागी लडने भनि बताए ।यस संस्थाले शिक्षा ,स्वास्थ्य ,खाध्य र अवासको बारेमा प्रकाश पार्न भनिएको छ । मानिसको बिभिन्न अङ्ग हुन्छ जसमध्ये शिक्षा पनि एक मानिसको ठुलो अङ्ग हो बताए ।
शिक्षाले नै बिभिन्न कुराहरुको ज्ञात अज्ञात गराउँछ ।त्यस कारण मानिसमा शिक्षा हुनु अति नै आवश्यक रहेको बताए ।त्यसतै शिक्षा जस्तै स्वास्थ्य पनि एक हो ।हाम्रो समाजमा एक भनाई हो कि स्वास्थ्य नै ठुलो धन हो भनि उदाहरणहरु सहित बताएका थिए । कार्यक्रममा बिभिन्न ठाउँबाट आएका पुरुष ,महिलाहरु र बिधार्थीहरुले पनि आफ्नो गुनासोहरु सार्वजनिक सुनुवाईमा राखेका थिए । बिशेष गरि शिक्षा र कुषि सम्बन्धी प्रश्नहरु आएका थिए ।
शिक्षा सम्बन्धी आएका प्रश्नहरुको जवाफ प्राधानाध्यापक रामअधार पासवानले दिएको थियो भने कृषि सम्बन्धी आएको प्रश्नहरुलाई कृषि प्रज्जन जोनका प्रमुख यदुनन्नदन यादबले समाधान गरेका थिए । कार्यक्रममा ईन्सेक नेपालका रौतहट सहयोगी महिला कोपिला तिमल्सिनाले यसको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा बिधालयका छात्राछात्र र पालिकाको महिला सदस्य जनप्रतिनिधि लगायत करिब सय जना मानिसहरुको सहभागिता रहेको थियो ।