राैशन चाैधरी ।
असार ०३ ,रौतहट
रौतहटमा नव निर्वाचित नगर प्रमुख देखि वडाअध्यक्षहरु निर्वाचित हुनु अघि गरेको बाचा धमाधम पुरा गर्नमा लागेका छन । जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं.१ मा रहेको एक बिधालयमा खेलकुदको समाग्री बितरण गरेको छ । कटहरिया नगरपालिकाको नगर उप प्रमुख र वडाअध्यक्ष बाचा गरेको अनुसार शुक्रबार सोहि वार्डमा पर्ने श्री माध्यमिक बिधालय भसेढवामा खेलकुदको समाग्री हस्तान्तरण गरेका छन । नगर उप–प्रमुख रिता देवी यादबकाे प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि कटहरिया नगरपालिका वडा नम्बर १ स्थित रहेको श्री माध्यमिक बिधालय भसेढवामा बिधालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएको हो । कटहरिया नगरपालिकाको सहयाेगमा बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । नगर उप–प्रमुख यादब र वडा अध्यक्ष महताे केही दिन अघि बिधालय अनुगमनको क्रममा बिधार्थीहरूसँग खेलकुद सामाग्री उपलब्ध गराउने वाचा गर्नु भएको थियो ।सोही बाचा बमोजिम शुक्रबार उहाँले बिधार्थीहरुको लागी बैट, बल, भलिबल, फुटबल, बैडमिन्टन, क्यारमबोर्ड , लुडो ,पिँङ्ग सहितको करिब ९४ हजारको खेलकुद सामाग्रीहरू हस्तान्तरण गर्नु भएको हो । खेलकुद सामाग्री हस्तान्तरणको क्रममा बोल्दै वडाअध्यक्ष महताेले बिधालयका बिधार्थीहरु कुनै पनि खेलबाट बन्चित नहोस भनि उदेश्यले हस्तान्तरण गरेको गर्नुभएकाे छ । नगर उप–प्रमुख यादबले भने बिधार्थीहरुको लागी शिक्षा जति आवश्यक हो त्यसतै खेलकुद पनि अति नै महत्वपुर्ण कुरो हो बताउनु भयो । पढाईको साथसाथै खेलकुदको पनि अति नै आवश्यकता रहेकोले यो खेलकुदको समाग्री सहयोग गरेको नगर उप–प्रमुख यादबले बताउनु भयो । त्यस्तै वडाअध्यक्ष महताेले अध्यनको साथ साथै बिद्यार्थिहरुलाई खेलकुदमा पनी ध्यान पुर्याउन आग्रह समेत गरेका थिए । खेलकुदले शारिरिक स्वस्थयका साथै मानसिक रुपमा समेत स्वस्थ राख्न मद्धत पुर्याउने उनले बताए । वडाअध्यक्ष महतोले बिधालयमा गुणस्तरिय शिक्षा र शिक्षकहरुको कमिकमजोरीको बारेमा प्राधानाध्यापकलाई सचेत गराएका थिए । वडाअध्यक्ष महतोले शिक्षामा हुने कमीकमजोरी भएमा निर्धक भई वाडा र नगरपालिकालाई जानकारी गराउन बिधालयका प्रधानाध्यापकलाई आग्रह समेत गरेका थिए । सो अवसरमा वडा सदस्यहरू,शिक्षक ,शिक्षिका, बिधार्थीहरू स्थानीय भद्रभलादमी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।