राैशन चाैधरी । राैतहट , असार ६ गते ।
स्थानीय तहको निर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका मेयर उपमेर सहितका जनप्रतिनिधिहरुलाई सोमवार रौतहट सदरमुकाम गौरमा नेपाली काँग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले सम्मानित गरेका छन् ।
नेपाली काँग्रेसको स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र तयारी समितिका सदस्य शंकर तिवारीले नव निर्वाचित जनप्रतिधिहरुलाई बधाई तथा शुभकामना दिदै नेपाली काँग्रेसको आर्दश मूल्य र मान्यतालाई अंगिकार गरेर अघि बढ्न सुझाव दिदै आउन लागेको संघिय र प्रदेशको निर्वाचनमा मधेश प्रदेशमा ठूलो पार्टीको रुपमा स्थापित गराउनमा तपाईहरुको अमूल्य योग्दान रहने भएको हुँदा पार्टीको सिंद्धान्तलाई अंगिकार गर्दै पार्टी हितमा काम गर्नुपर्ने बताए । जनताले दिएको म्याण्डेड अनुरुप काम गरी उनको हृदय जित्न आग्रह गर्दै छणिक लोभलालचमा नपरी समग्र पार्टी हितमा काम गरेमा मात्रै मधेश प्रदेशमा काँग्रेस पहिलो स्थानमा रहने छ । झिना मसिना कुरालाई विश्राम दिदै नेपाली काँग्रेसको संगठन लाई बलियो बनाउनमा तपाईहरुको अहम भुमिका रहने भएकोमा पार्टी प्रति बफादार रही जनहितमा लाग्न आग्रह गरे ।
कटहरियाका मेयर अजय प्रकाश जयसवाल , उप नगरप्रमुख रिता देवी यादव , गढीमाईको मेयर श्यामप्रसाद यादव, परोहाका मेयर शेख वकिल, राजपुरका मेयर डा. राजिक आलम, , माधवनारायणका मेयर बैजनाथ प्रसाद यादव, चन्द्रपुरका मेयर संजय काफले, विजयपुरका मेयर गोपाल यादव , गरूडा नगरपालिकाकाे नगर उप प्रमुख पुनम कुमारी चाैधरीलाई नेपाली काँग्रेसद्धारा जिल्ला पार्टी कार्यालय गौरमा सोमवार आयोजित सम्मान कार्यक्रममा मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले सम्मानित गरेका हुन् ।
कटहरिया नगरपालिकाकाे वडा नं७ काे वडा अध्यक्ष शहिद आला,वडा नं ८ काे वडाध्यक्ष शमिस बिक्रम साह,वडा नं ९ का वडा अध्यक्ष रूपेश यादव, वडानं ५ काे वडा अध्यक्ष सर्फलाल गुप्ता सहितका निर्वाचित जनप्रतिनिधिहरुलाई उनले सम्मान गरे ।
सो कार्यक्रममा जिल्ला सभापति सुनिलकुमार यादव, उपसभापति धिरेन्द्र सिंह, सचिवद्धय राजेश चौधरी, रामचन्द्र गिरी, पूर्व मेयर अरुणकुमार साह, रामस्नेही यादव, महिला नेतृ अंजु झा, चिरंजीवी सिंह सहित नेपाली काँग्रेस घोषणा पत्र तयारी समितिका सदस्य शंकर गिरी, वरिष्ठ नेता हृदयनारायण यदाव सहितका नेताहरुको उस्थिति रहेको थियो ।