रमेश कुमार यादब
असार ०६ ,रौतहट ।
शिक्षामा जोड दिदै बिधालयको अनुगमनमा अग्रसर देखिएका छन ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको नव निर्वाचित नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले बिधालय अनुगमनलाई निरन्तरता दिएको छ । नगर प्रमुख जैसावाल स्थानिय तहको चुनावमा निर्वाचित भई जेठ १६ गते पदभार ग्रहण गरे देखि नै नगर प्रमुख जैसवाल समाजलाई भलो हुने काममा सक्रिय भएका छन । नगर प्रमुख जैसवालले नगरलाई शैक्षिक हब बनाउने योजना रहेको बताउदैँ नगर प्रमुख जैसवालले स्वास्थ्य चौकी र बिधालयहरु छडके अनुगमन गर्न लागेको छ । सोमबार गरुडा नगरपालिकाको वार्ड नं.७ पिपरिया दोस्तीया स्थित रहेको माध्यमिक बिधालयको छडके अनुगमन गर्नु भएका थिए । बिधालयको अनुगमन क्रममा बिधालयलाई बिभिन्न तबरबाट हेर्दा बिधालयको अवस्था हाल बेहाल रहेको पाईएको मेयर जैसवालले बताउनु भयो । बिधालयमा हुनु पर्ने कुनै गुण नै त्यस बिधालयमा भेटिएन बताए ।गरुडा नगरपालिको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल र नियमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादबले संयुक्त रुपमा अनुगमन गर्नु भएको थियो । बिधालय अनुगमनको क्रममा कमजोरीको चाङ्ग नै लागेको थियो । बिधालयमा भौैतिक देखि पठनपाठन सम्म समस्या नै समस्या रहेको थियो । बिधालयमा डेस्क बेन्चको कमिले बिधार्थीहरु भुईमा बसेर नै पढिरहेको पाईएको थियो । उक्त बिधालयको शिक्षकहरुको अधिकाश गुनासो आएपछि नगर प्रमुख जैसवालले बिधालयको चौतर्फी अनुगमन गरेका थिए । बिधालयको कक्षा कोठामा हेर्न जादाँ त्यहाँ बिधार्थीको मात्रा न्युन रहेको थियो । ५ ,६, ७ ,८ र १० कक्षामा बिधार्थीको अनुगमन गर्दा बिधालयमा हुनु पर्ने बिधार्थीहरुको मात्रा शुन्यमा रहेको थियो । कक्षा ६ मा जम्मा १८० जना बिधार्थी मध्ये ९ जना उपस्थिती रहेको थियो भने ५ कक्षामा ८४ बिधार्थी मध्ये १२ जना उपस्थित ,७ मा ५२ जना मध्ये ८ जना उपस्थिती ,८ मा १०४ जना मध्ये २० जना र १० मा ७० जना मध्ये ५ जनाको उपस्थिती रहेको थियो । कक्षा कोठामा जताततै फोहोर नै फोहोर फ्यालिएको थियो । सफामा भगवानको बास हुन्छ शिक्षक जस्तो ब्यतिmले यस्तो कुरा सिकाउदा तर आफैँ बस्ने ठाउँ यस्तो ढुङ्गा ,कागजको टुक्रा र जहातहाँ पानी नै पानी हेरिएको थियो । नगर प्रमुख जैसवालले यो सबै किन यस्तो रहेको सोध्दा सहायक प्राधानाध्यापक देखि कार्यालय सहयोगीले उतर नदिदैँ पन्छिन खोजेको थियो । त्यस पछि बिधालयको शिक्षकहरुको हाजिरी रजिस्टर चेकजाँच गरिएको थियो । हाजिरी रजिस्टरमा शिक्षक लगायत कार्यालय सहयोगीले आउने मितिमा हाजिरी नगरी एकै एकै चोटी दुबै हाजिरी गरिएको फेला परेको थियो । साथै बिधालयमा लागु भएको पोशाक पनि नलगाई घरमा लगाउने पोशाक नै लगाएको पाईएको थियो । बिधालयमा सरसफाई देखि शिक्षकको अनुपस्थितीको लापरवाहि रहेको पाईएको थियो । शिक्षकहरु देखि बिधालयको कार्यालय सहयोगीको मनोपली देखिएको थियो । साथै बिधालयमा भएको बिधार्थीहरुको गुनासो सुन्दा उनीहरुको समस्याको चाङ्ग नै रहेको पाईएको थियो । सो बिधालयमा करिब ६ सय बिधार्थी हुँदा पनि पढाई नहुँदा दिनहुँ करिब ८० देखि ९० जना बिधार्थीहरु उपस्थिती भईरहेको बिधार्थीहरुले बताए । बिधालयमा डेस्क ,बेन्च ,डस्टर ,धारा ,पंखा ,शौचालय देखि फिल्डको समस्या रहेको सोहि बिधालयको कक्षा ८ मा पढने छात्र धिरज पटेलले गुनासो समेत गरेका थिए । उहाँले भने पढाई जसोतसो हुँदा पनि सबभन्दा बढि शौचाल्यको समस्या रहेको बताए । शौचाल्य नहुँदा शौच गर्न खुल्ला ठाउँमा जान बाध्य भएको बताए । बिधालयमा खाने पानिको लागी एउटा धारा समेत नरहेको दुखेसो पोखेका थिए । बिधालयमा कम्पयुटर हुँदा पनि दक्ष शिक्षक नहुँदा साल भरि देखि कम्पयुटर थन्कयाएर राखेको अवस्था रहेको बताए । त्यसतै बिधालयको शिक्षकहरु राजनेतिकमा लागेको कारण पढाईमा समस्या भएको अभिभावकहरु बताए । शिक्षकहरुले तलब नपाएको गुनासो समेत गरेका थिए । बिधालयमा बिभिन्न किसिमका समस्यालाई मध्यनजर गर्दै शिक्षकको तलब र पढाई समेत सुधार गर्न नगर प्रमुख जैसवालले निर्देशन समेत दिएका थिए । यथासिघ्र लैब संचालन गरी प्राविधिक शिक्षा सुचारु गर्न निर्देशन दिनु भयो । साथै स्कुलको व्यवस्थापन समिती गठन गरी नगरपालिकाबाट शिक्षकहरुको तलव भुक्तानी गरिने प्रतिबद्धता जनाउनु भयो । विद्यालयमा देखिएको कमी कमजोरी र समस्यालाई समाधान गर्दै चुस्त दुरुस्त प्रशासन र गुणस्तरीय शिक्षामा जोड दिन समबन्धित प्रधानाध्यापकलाई ध्यानाकर्षण समेत गराए थिए ! विद्यालयको अन्य समस्या बारे प्रशासन र विद्यार्थीहरुसंग छलफल गरी पठनपाठनलाई गुणस्तरीय बनाउन जोड दिनु भएको थियो । छडके अनुगमनमा नगरपालिकाको नियममित प्रमुख प्रशासकिय अधिकृत रामबाबु राय यादब लगायत स्थानिय भद्रभलादमि मानिसहरुको उपस्थिती रहेको थियो